0
प्रतिक्रिया
पोखरा । नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा रामकुमार घिमिरे निर्वाचित भएका छन् ।
मञ्चको पोखरामा सम्पन्न १४औँ साधारणसभा एवं सातौँ अधिवेशनले घिमिरेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । घिमिरे यसअघि मञ्चको कार्यबाहक अध्यक्ष थिए ।
मञ्चको वरिष्ठ उपाध्यक्षमा नवराज सापकोटा, उपाध्यक्षमा सरोजसिंह कुँवर र यर्मिला तामाङ छन् ।
यस्तै सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा सीता कोइराला र रामप्रसाद नेपाल, आर्थिक विभाग प्रमुखमा गणेश गिरी छन्।
साथै कार्यसमिति सदस्यमा नमराज लामिछाने, निरमाया तामाङ, शान्ति मगर, सरिता श्रेष्ठ, सावित्री बराइली, मनिष थापा, कुमार गुरुङ, नेया तामाङ, धनबहादुर गुरुङ र निर्मला श्रेष्ठ छन् ।
Copyright © 2024 | All rights reserved.