0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकामा मेगा वृक्षरोपण अभियान चलिरहेको छ । अभियानका क्रममा विभिन्न प्रजातिका दुई लाख २६ हजार बिरुवा लगाइने छ ।
सो अभियानअन्तरगत सोमबार गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा एक सय फलफूलका बिरुवा लगाइएको छ ।
ग्रीन सिटी, क्लिन सिटी अभियानअन्तर्गत पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा विभिन्न प्रजातिका एक सय फलफूलका बिरुवाहरू लगाइएको हो ।
कार्यक्रममा तालिम केन्द्रका प्रमुख एसएसपी जनार्दन जिसी, वडा नं १५ का वडाध्यक्ष तोरण बानियाँ, महानगर वातावरण तथा पर्यटन महाशाखा प्रमुख विमल रञ्जन कार्की, डीएसपी कृष्ण कार्की, जनप्रतिनिधि आशिष भण्डारी, बलराम पौडेललगायत नगर प्रहरी तथा नेपालल प्रहरीका जवानको सहभागिता रहेको थियो ।
Copyright © 2024 | All rights reserved.