0
प्रतिक्रिया
पोखरा । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकावडा नं ६ लेलेपमा सोमबार दिउँसो टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा तनहुँको शुक्लागण्डकी गाउँपालिका वडा नं ४ का २४ वर्षीय सुदीप सुवेदी छन् ।
तमोर करिडोर सडकखण्डमा ‘तमोर-५ हाइड्रोपावर’को ग१क ६३१८ नम्बरको टिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर नदीमा खस्दा सोही हाइड्रोपावरमा मेकानिकका रुपमा काम गर्दै आएका सुवेदी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिपर खसेको जानकारी हुनासाथै प्रहरीको टोली घटनास्थलमा गइ खोजी गरेको तर फेला नपरेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
उनका अनुसार टिपर भने नदीमा डुबेको अवस्थामा छ । बेपत्ता सुवेदीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.