0
प्रतिक्रिया
पोखरा । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष मोती सागर अधिकारीलाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता छली अधिकारीको ६९ वर्षको उमेरमा सोमबार साँझ पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
स्व. अधिकारीका दुई छोरा मोतीसागर र उमनाथ तथा छोरी गंगा अधिकारी छन् । उनका श्रीमान दुर्गादत्त अधिकारीको यसअघि नै निधन भइसकेको छ ।
स्व. अधिकारीको आज बिहान ९ बजे पोखराको मेलबोटस्थित सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
छली अधिकारीको निधनप्रति प्रेस चौतारी कास्की, नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।
Copyright © 2024 | All rights reserved.