0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला एक लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार सुनको मूल्य तोलाको एक लाख ९७ हजार दुइ सय रुपैयाँ थियो ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको रेकर्ड छ ।
आज पोखरा बजारमा सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपा सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर दुइ हजार तीन सय ६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
आज पोखरामा चाँदी प्रतितोला दुई हजारतीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.