असोज ०३, २०८२, शुक्रबार

पोखरामा सीआइसी शैक्षिक मेला हुने, तयारी तीव्र


Advertisement Image
clock icon 3 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी सीआइसी एजुकेशन हब पोखराले शैक्षिक मेलाको आयोजना गरेको छ । यही भदौ १६ र १७ गते हुने शैक्षिक मेलाको तयारी तीव्र बनाइएको छ । 

कास्की र वरपरका जिल्लाका विद्यार्थीलाई लक्षित गरेर मेलामा आयोजना गरेको संस्थाले जनाएको छ । 

मेलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजील्यान्डलगायतका मुलुकका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ ।

मेलामा आउने प्रतिनिधिमार्फत विद्यार्थी र अभिभावकले सम्बन्धित देशको शैक्षिक प्रणाली, विश्वविद्यालय तथा कलेजका कार्यक्रम, छात्रवृत्तिबारे जानकारी पाउने तथा योग्य विद्यार्थीले तत्कालै अफर लेटर पाउने व्यवस्था गरिएको संस्थाका निर्देशक राजेश अधिकारीले जानकारी दिए ।

मेलालाई अझ आकर्षक बनाउन सहभागीबीच लक्की ड्र आयोजना गरिनेछ । जसअन्तर्गत विजेताले आइएलटीएस र पीटीईका निःशुल्क कक्षा, विभिन्न गिफ्ट ह्याम्पर, निःशुल्क चलचित्र टिकटलगायत उपहार प्राप्त गर्नेछन् । मेलामा भर्ना हुने विद्यार्थीलाई नाम दर्ता शुल्क र प्रोसेसिङ शुल्कसमेत निःशुल्क गरिने जानकारी दिइएको छ ।

लामो समयदेखि वैदेशिक अध्ययनमा इच्छुक विद्यार्थीलाई परामर्श, भाषा प्रशिक्षण, कागजात तयारी, भिसा प्रक्रियामा सहयोग र करियर मार्गदर्शन उपलब्ध गराउँदै आएको सीआइसी एजुकेशन हवले आयोजना गर्न लागेको यस शैक्षिक मेलाबाट विशेष गरी गण्डकी प्रदेशका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Copyright © 2024 | All rights reserved.