0
प्रतिक्रिया
नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं ६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुन छन्।
देवचुली-६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु१स ९०९४ नंंको अटो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सडकदेखि केही तल खसेको अटोमा चालकसहित १२ जना सवार थिए ।
घाइते सबैलाई उपचारका लागि चितवन लगिएकामा खातुनको मृत्यु भएको हो ।
दुर्घटनाका सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
घाइते हुनेमा ३५ वर्षीया सवना खातुन, १८ वर्षीया रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षीया मेहेक इस्तियाक, ४० वर्षीया इस्तियाक आलम, १८ वर्षीया मौजमा इमाम, १२ वर्षीया जोया इस्तियाक, ११ वर्षीय निजामुदिन हुसेन, १४ वर्षीय सावा खातुन, १२ वर्षीय उमर रजा र १६ वर्षीया कुलसुम वान रहेकी छन् ।
Copyright © 2024 | All rights reserved.