असोज ०३, २०८२, शुक्रबार

साफ यू-१७ महिला च्याम्पियनशिपः नेपाल आज भुटानसँगै खेल्दै


Advertisement Image
clock icon 3 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । साफ यू-१७ महिला च्याम्पियनसिप नेपालले आज बुधबार पनि बंगलादेशसँग खेल्दै छ ।

बुधबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ ।

नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो ।

त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो ।

आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन् ।

Copyright © 2024 | All rights reserved.