असोज ०३, २०८२, शुक्रबार

स्याङ्जाकाे ढुंगेदेउरालीलाई लामाचौर कप


Advertisement Image
clock icon 3 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाकाे ढुंगेदेउराली क्लबले जितेको छ ।

प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा जीएम समाज कावासोतीलाई ३-२ सेटमा पराजित गर्दै उपाधि ढुंगेदेउरालीले उपाधि रक्षा गरेकाे हाे । विजेता ढुंगेदेउरालीले तीन लाख रूपैयाँ र उपविजेता जीएमले एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्‍याे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ढुंगेदेउरालीले पहिलो सेट २२-२५ ले गुमाएको थियाे । 

पहिलाे सेट गुमाएपछि निकै सम्हालिएर खेलेकाे ढुंगेदेउरालीले दाेस्राे सेट २५-१८ ले जित्याे । तेस्राे सेट २५-२७ गुमाएकाे ढुंगेदेउरालीले चाैथाे सेट कडा प्रतिस्पर्धाबीच २६-२४ जित्न सफल भयाे ।

चार सेट सकिँदासम्म बराबरी हुँदा दुवै टिम  निकै दवावमा थियाे । अन्तिम सेटमा जीएमलाई १५-१२ सेटमा हराउँदै ढुंगेदेउराली उपाधि रक्षा गर्न सफल भयाे । 

प्रतियाेगितामा ढुंगेदेउरालीका सफल विक सर्वोत्कृष्ट खेलाडी घोषित भए । विधागत पुरस्कारमा ढुंगेदेउरालीले नै वर्चश्व जमाएको छ । बेस्ट स्पाइकर सञ्जुविक्रम शाह, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट कोच विक्रम नेपाली भए । जीएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर घोषित भए।

लिग चरणमा समूह ‘ए’ को उपविजेता बनेकाे ढुंगेदेउराली सेमिफाइनलमा सशस्त्र प्रहरीकाे एपीएफ पोखरालाई सोझो सेटमै हराएर फाइनलमा पुगेकाे हाे ।

यता, जीएमले सेमिफाइनलमा समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजलाई सोझो सेटमै पन्छाउँदै फाइनल पुगेको हाे ।

अन्तरमावि छात्रा भलिबल

अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्ता माविले जितेको छ । शान्ताले फाइनलमा टप्स माविलाई ३-१ सेटमा पराजित गरेकाे हाे ।

विजेताले एक लाख र उपिवजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ । बेस्ट प्लेयर शान्ताकी पृथ्वी गाह बनिन् । शान्तकै अपेक्षा बिक बेस्ट स्पाइकर, अस्तर राई बेस्ट सर्भर, प्रमिला नेपाली बेस्ट ब्लकर, एलिना गुरुङ बेस्ट लिबेरो, टप्सकी एलिजा आले बेस्ट सेटर घोषित भए ।

बेस्ट कोच शान्ताका दिनेश चौधरी र राइजिङ प्लेयर पोखरा युनाइेटेडकी यमुना थापा बने ।

नवआदर्श सामुदायिक विकास समाजले संस्थाको २९औं वार्षिक समारोह एवं तीज अवसरमा २७औं संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत लामाचौर कप आयोजना गरेको हो । सो अवसरमा खेलकुदसहित विविध सांस्कृतिक एवं सांगीतिक कार्यक्रम भएको अध्यक्ष इ.दिनेश भण्डारीले बताए ।

Copyright © 2024 | All rights reserved.