0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार प्रतितोला एक लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा सुन प्रतितोला एक लाख ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला दुई हजार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पोखरामा चाँदीको भाउ प्रतितोला दुई हजार तीन सउ ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.