0
प्रतिक्रिया
पोखरा । अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं ५ का ३८ वर्षीय ठाकुर विक छन् । उनलाई पोखराको छोरेपाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरीक कार्यालय स्याङ्जाले जनाएको छ ।
विकबिरुद्ध उच्च अदालत पोखराबाट अपहरण तथा शरीर बन्धक कसुर मुद्दामा २०७० चैत १८ गते फैसला भई दुई वर्ष नौ महिना पाँच) दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
अदालतको फैसला कार्यान्वयनका लागि खटिएको विशेष अप्रेसन टोलीले विकलाई मंगलबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.