असोज ०३, २०८२, शुक्रबार

पोखरा र चीनको हुआङशानबीच भगिनी सम्बन्ध


Advertisement Image
clock icon 3 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका र चीनको हुआङशानबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुआङशान सहर र पोखराका बिचमा पर्यटन, संस्कृति, शिक्षा तथा सहरी विकास जस्ता क्षेत्रमा सहकार्य गर्ने गरी भगिनी सम्बन्ध स्थापना गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

काठमाडौँमा आयोजित एक समारोहमा भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी प्रारम्भिक समझ्दारी गरिएको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, आन्हुई प्रान्तका भाइस गभर्नर सुन योङहाओ, नेपालस्थित चिनियाँ राजदूत चेन सोङ, नेपाल सरकारका सचिव रामप्रसाद घिमिरे, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीलगायत सहभागी थिए ।

यस सम्बन्धले पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र पोखरेली पर्यटनको अन्तर्राष्ट्रिय बजारसम्म प्रचार प्रसारमा सहयोग पुर्‍याउने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे । 

पर्यटकीय राजधानी पोखराको पर्यटन विकास, प्रवर्द्धन र प्रचारप्रसारका यस्ता प्रकारका अन्तर्राष्ट्रिय सम्बन्धले महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए ।

दुई सहरका बीचमा शिक्षा, स्वास्थ्य, उद्योग तथा व्यापार, पर्यटन, संस्कृति र प्रविधिको आदान-प्रदान लागि यस प्रकारको सम्बन्धले उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ।

Copyright © 2024 | All rights reserved.