0
प्रतिक्रिया
पाेखरा। नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा चार सय र चाँदी १० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुन प्रतितोला एक लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
बुधबार प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज पोखरामा चाँदी प्रतितोला दुई हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.