0
प्रतिक्रिया
डडेल्धुरा । डडेल्धुरामा आज बिहान जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ भने चा जना घाइते भएका छन् । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका वडा नं ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद छन् ।
यस्तै घाइते हुनेमा नवदुर्गा गाउँपालिकाका वडा नं ५ कै ५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । घाइतेमध्ये सुशिला विक र जीप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।
नवदुर्गा गाउँपालिका वडा नं ५ को चौडमा उग्रतारा यातायातको से१ज ७३८ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएकोे छ ।
जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.