असोज ०३, २०८२, शुक्रबार

एकै ठाउँमा डुबेर चार किशोरको मृत्यु, तीन जना सकुशल


Advertisement Image
clock icon 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । कैलालीमा खोलामा डुबेर चार किशोरको ज्यान गएको छ । गोदावरी नगरपालिका वडा नं ९ सहरीपुल नजिकैको हाटखोलीस्थित खुटिया खोलामा बिहीबार दिउँसो करिब २ बजे नुहाउने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिकावडा नं ४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं ५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार घटनास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको हो । उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएको डीएसपी चन्दले जानकारी दिए ।

मृतकहरूमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनीहरू साथीको जन्मदिन मनाउन त्यसतर्फ गएकाे बताइन्छ । घटनापछि स्थानीय शोकमा डुबेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Copyright © 2024 | All rights reserved.