असोज ०३, २०८२, शुक्रबार

सुनको मूल्य तोलाको दुई लाख माथि, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । 

बिहीबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेर प्रतितोला दुई लाख छ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । 
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला दुई लाख एक हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

आज असली चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम थियो । 

आज पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय ९० रुपैयाँ कायम भएको छ । 

 


 

Copyright © 2024 | All rights reserved.