0
प्रतिक्रिया
पोखरा । ट्रेकिङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको अध्यक्षमा टिकाबहादुर लम्साल निर्वाचित भएका छन् ।
संस्थाको २७औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशनले लम्साललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुङ्गना, राजकुमार नेपाली छन् । समितिको निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी छन् ।
यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको उजागरका लागि सबैको प्रयास आवश्यक भएको स्पष्ट पारे ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपिबहादुर भट्टराईले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिए ।
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले पर्यटन सम्बद्ध सबै संघ संस्थासँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन विकासका कार्यक्रम अघि बढाइने बताए ।
टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष टिकाबहादुर लम्साललले स्वागत र सचिव महेन्द्र जिसीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहसचिव टिकाराम लम्सालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रमेशराज अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Copyright © 2024 | All rights reserved.