0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा सुनको भाउ उच्च विन्दुमा कारोबार हुने क्रम जारी छ । साताको अन्तिम दिन गत शुक्रबार उच्च विन्दुमा कारोबार भएको सुन आज पनि उच्च विन्दुमै पुगेको छ ।
गत शुक्रबार प्रतितोला दुई लाख छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तीन हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख तीन हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
आज पोखरामा सुन प्रतितोला दुई लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज आइतबार असली चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पोखरामा चाँदी दुई हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.