असोज ०३, २०८२, शुक्रबार

दीपशिखा सामुदायिक पुस्तकालयको प्रभातफेरीसहित भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता


Advertisement Image
clock icon 2 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८औं पुस्तकालय दिवसका अवसरमा प्रभातफेरीसहित भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

पुस्तकालयबाट सुरु गरिएको प्रभातफेरीमा पुस्तकालयका अध्येता, सामाजिक अभियन्ता राजनीतिकर्मी आदिको सहभागिता थियो ।
प्रभातफेरीपछि आयोजित सभामा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाका लागि पुस्तकालय अपरिहार्य भएको बताइन् ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले सामाजिक सचेतनासँगै जागरणको सेतुका रुपमा पुस्तकालय भएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम ढकाल, पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकी प्रदेशका अध्यक्ष माधव भण्डारी, पुस्तकालय सचिव पदमप्रसाद अधिकारीलगायतले पुस्तकालयको महत्व बारे प्रकाश पारेका थिए ।

पुस्तकालय दिवसकै अवसरमा पुस्तकालयले विद्यालय स्तरीय भानुुभक्तकृत रामायण वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी जयन्ती आचार्य प्रथम, गोगन माध्यमिक विद्यालयकी सुजाता पौडेल द्वितीय, लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुलकी सुदीक्षा पौडेल तृतीय र रामज्योति माविकी श्वेच्छा परियार सान्त्वना भए । प्रतियोगितामा ज्ञानज्योति विद्याकुञ्ज माविका सक्षम पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्वप्राचार्य प्रा.डा.जगन्नाथ रेग्मी, त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल र पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी थिए ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विष्णुुहरि पौडेलले सञ्चालन गरेका थिए । 

पुस्तकालय दिवसका अवसरमा आइतबार साँझ दीपावली गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.