असोज ०३, २०८२, शुक्रबार

सुन-चाँदीको भाउमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको भाउ बढेर इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ ।आज सुनको भाउ तोलामा एक हजार सात सय र चाँदी तोलामा ४५ रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि सुन आइतबार प्रतितोला दुई लाख तीन हजार छ सय रुपैयाँ र गत शुक्रबार दुई लाख छ सय रुपैयाँमा कारोबार भएको थियो । योसँगै सुनको चाउ तीन दिनमा चार हजार सात सय रुपैयाँमा बढेको हो । 

आज पोखरामा सुनको भाउ प्रतितोला दुई लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यता आज असली चाँदी प्रतितोला दुई हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

आज पोखरामा चाँदी प्रतितोला दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.