असोज ०३, २०८२, शुक्रबार

पोखरामा मेगा वृक्षरोपण अभियान जारी, न्यूरोडमा राेपियाे बिरूवा


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षरोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न ग्रीन पाेखरा, क्लीन पाेखरा परियोजनाअन्तर्गत वृक्षरोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

अभियानअन्तर्गत पोखरा महानगरपालिकाको वडा नं ८ र ९ मा पर्ने मुख्य सहरी क्षेत्र न्यूरोडको दायाँबायाँ सोमबार थप बिरुवा लगाइएको छ ।

नगर प्रमुख आचार्यको उपस्थितिमा न्यूरोडको दायाँबायाँ खाली रहेको स्थानमा एक घर दुई बिरुवाको अवधारणामा वृक्षरोपण गरिएको छ ।

विभिन्न १० प्रजातिका फूलका बिरुवा लगाइएको सहरी विकास पर्यटन वन तथा वातावरण महाशाखा प्रमुख सिनियर इन्जिनियर विमल रञ्जन कार्कीले बताए।

नगर प्रमुख आचार्यले आफ्नो घर तथा पसल अघि लगाइएका बिरुवाको नियमित गोडमेल तथा संरक्षणका लागि नगरवासीलाई आग्रह गरे ।

महानगरपालिका क्षेत्रमा लामो अध्ययन पश्चात् वनविज्ञान अध्ययन संस्थानको सुझावअनुसार सात सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका दुइ लाख २६ हजार बिरुवा लगाइने उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ग्रीन पोखरा क्लीन पोखराको अभियानलाई सार्थक तुल्याउन हरेक नगरवासीले आफ्ना अगाडिका बिरुवाको संरक्षणको दायित्व लिनुपर्ने बताए।

आफ्नो वरपरको वातावरणलाई सफा स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका यहाँहरूको साथमा रहेको उल्लेख गर्दै उनले महानगरको अभियानमा साथ दिन आग्रह गरे।

न्यूरोड क्षेत्रमा कल्की, धूपी, वेगमवेलीलगायत फूलका बिरुवा लगाइएको छ । विज्ञको सुझावअनुसार महानगर क्षेत्रमा पहिचान गरिएको क्षेत्रमा लगाउन सकिने बिरुवामा वर, पिपल, समी, पैयूँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यू, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धूपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत छन्।

Copyright © 2024 | All rights reserved.