असोज ०३, २०८२, शुक्रबार

कास्की कांग्रेस सभापति बराल बेलायत भ्रमणमा, उपसभापति भण्डारीलाई कार्यबाहक सभापतिको जिम्मेवारी


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल बेलायत भ्रमणमा जाने भएका छन् । आफ्नो निजी भ्रमणका लागि उनी बुधबार बिहान वेलायत प्रस्थान गर्ने बताइएको छ । त्यसका लागि उनी सोमबार नै पोखराबाट काठमाडौँ प्रस्थान गरेका छन्  ।

उनी करिब १५ दिन बेलायत रहने बताइएको छ । सभापति बराल बेलायतमा रहँदा त्यहाँस्थित नेपाली जनसम्पर्क समितिको विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 

सभापति बरालले उपसभापति रामबाबु भण्डारीलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । 

‘मलाई मेरो व्यक्तिगत कारणले मिति २०८२ भाद्र ३१ सम्म बेलायत भ्रमणमा रहनुपर्ने भएकोले यस अवधिमा पार्टीको नियमित कामकाजको निरंतरता कायम राख्नका लागि तपाईंलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छु’, सभापति बरालले पत्रमा भनेका छन् । 

सभापति बरालद्वारा उपसभापति भण्डारीलाई संवोधन गरी लेखेको पत्रमा उल्लेख गरेका छन्, ‘तपाईंले यस अवधिमा कार्यबाहक सभापतिको जिम्मेवारीमा रहेर पार्टीको सम्पूर्ण प्रशासनिक, संगठनात्मक र कार्यक्रमगत कार्यहरू निरन्तर सञ्चालन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । पार्टीको नियम, निर्णय र हितलाई ध्यानमा राख्दै जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध गर्दछु । आशा गर्दछु तपाईंको आफ्नो अनुभव, क्षमता र तपाइँले पार्टीप्रति देखाउँदै आउनुभएको निरन्तर निष्ठा अनुसार यो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्नुहुनेछ ।’

कार्यबाहक सभापति भण्डारी २०४६ सालको सत्याग्रह आन्दोलनमा जेल जीवन बिताउनुका साथै २०४६ कै जनआन्दोलनमा घरबाटै गिरफ्तार भएका थिए । 

यस्तै, २०५१ सालमा पृथ्वीनारायण क्यापसमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापति उम्मेद्वार बनेका थिए । उनी प्रजातन्त्र र लोकतन्त्र रक्षार्थ आन्दोलनका क्रममा दर्जनौं पटक गिरफ्तार भएका छन् ।

नेता भण्डारी नेपाली काङ्ग्रेस कास्कीको जिल्ला सदस्य हुँदै १४औँ महाधिवेशनबाट उपसभापतिमा विजयी भएका थिए ।

सरल, सहज, पार्टी भित्र ईमान्दार र त्यागी नेताको छवी बनाएका भण्डारी नेपाली काङ्ग्रेस र आम जनसमुदाय बिच लोकप्रिय छन् ।

निडर र हक्की स्वभावका भण्डारीले पार्टीमा पुराना र नयाँ पुस्तालाई जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
 

Copyright © 2024 | All rights reserved.