0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवास्थित चक्रदेवी बहुमुखी सहकारीको अध्यक्षमा अर्जुनकुमार ताम्राकार निर्वाचित भएका छन्।
संस्थाको ५८औँ साधारणसभा तथा ११औं अधिवेशनले ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा अर्जुन ओझा, सचिव निर्मल कोइराला, कोषाध्यक्ष राजु गुरुङ र सहसचिवमा सृजना सुवेदी छन् ।
यस्तै कार्यसमिति सदस्यमा मोहनराम पौडेल, राजु ताम्राकार, कल्पना बराल तिवारी र बालकृष्ण सुवेदी छन् । लेखासमिति संयोजकमा सरदबाबु जिसी र सदस्यमा सुरथ ढकाल र डिलमाया शर्मा छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीको क्षेत्रमा देखिएका समस्यालाई नीतिगत रुपबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।
सहकारीहरुले एक सहकारी, एक कृषि उत्पादनतर्फ नजाने हो भने सहकारीको क्षेत्रमा ठूलो संकट आउन सक्ने उनले बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीले व्यावसायिक उत्पादन सुरु गरी आफना सेयर सदस्यलाई आन्तनिर्भरताको बाटोतर्फ अग्रसर गराउनुपर्ने मा जोड दिए ।
संस्थाका अध्यक्ष ऋषिराम जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा शिशुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवीनप्रसाद बास्तोला, सेयर सदस्य शारदा लामिछाने अधिकारी, पूर्वअध्यक्ष शिवराज अधिकारी, सचिव उपेन्द्रराज पौडेल, निर्वतमान अध्यक्ष शिवप्रसाद बास्तोला र उपाध्यक्ष अर्जुनकुमार ताम्राकारले बोलेका थिए ।
नौ सय ८७ सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी छ करोड ६९ लाख ६५ हजार नाै सय रूपैयाँ छ ।
Copyright © 2024 | All rights reserved.