असोज ०३, २०८२, शुक्रबार

भूकम्पका कारण अफगानिस्तानमा पाँचसय भन्दा धेरैको मृत्यु, एक हजार व्यक्ति घाइते


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। अफगानिस्तानमा सोमबार बिहान गएको छ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

नंगरहार प्रान्तमा मात्रै कम्तीमा नौ जनाको मृत्यु भएको र अरु धेरै घाइते भएको पुष्टि भएको छ । कमजोर माटो र ढुंगामाटोका घरहरू भत्किएका छन् भने पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा गम्भीर चुनौती आएको छ ।

त्यस्तै, प्रारम्भिक ६ रेक्टरको भूकम्प पश्चात क्रमशः ४लशमलव७, ४दशमलव३ र ५दशमलव० रेक्टरको पराकम्प पनि गएको बताइएको छ । अफगानिस्तान भौगोलिक रूपमा भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस किसिमका प्रकोप बारम्बार हुने गरेको रेडक्रसले जनाएको छ ।

सो भूकम्पको धक्का पाकिस्तानका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो । यस विपत्तिपछि तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको अफगान अधिकारीहरूले बताएका छन् । एजेन्सी

Copyright © 2024 | All rights reserved.