असोज ०३, २०८२, शुक्रबार

गोरखामा आज बिहानै बस दुर्घटना: २१ जना घाइते, तीनको अवस्था गम्भीर (घाइतेको विवरण)


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

गोरखा । गोरखामा आज बिहान करिब ५ः३० बजे यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

गाडी चालक गण्डकी गाउँपालिका वडा नं २ का जगबहादुर थापा मगर, सहचालक गोरखा नगरपालिका वडा नं ४ का दुर्गाबहादुर खत्री र भारत बिहारका अली आलाम छन् । उनीहरुको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ । 

अन्य यात्रुको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विकले जानकारी दिए । बसमा २१ जना यात्रु रहेको बताइन्छ । 

काठमाडौँबाट गोरखाको आरुघाट हुँदै उत्तरी गोरखाको माछाखोला जाँदै गरेको बा.प्र.००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिकाको टाँरी फाँटमा दुर्घटनामा परेको हो । 

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तस्बिरः मीना श्रेष्ठ

यी हुन् २१ जना घाइते

 

Copyright © 2024 | All rights reserved.