असोज ०३, २०८२, शुक्रबार

सुनचाँदीको मूल्य आज पनि उच्च, कतिमा हुँदैछ कारोबार


Advertisement Image
clock icon 2 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

आज पोखरामा सुनको भाउ प्रतितोला दुई लाख छ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

सुनको यो भाउ हालसम्मकै उच्च हो । 

यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । मूल्य बढेसंगै असली चाँदी प्रतितोला दुई हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि सोमबार चाँदी प्रतितोला दुई हजार चार सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज पोखरामा चाँदी प्रतितोला दुई हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ इतिहासकै उच्च हो । 

Copyright © 2024 | All rights reserved.