0
प्रतिक्रिया
पोखरा । तनहुँमा गएराति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं ७ का ३२ वर्षीय विजय थापा छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नं १७ का १९ वर्षीय प्रविण क्षेत्रीको हाल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ थर्पु बजारमा गएराति पोखराबाट दमौलीतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आइरहेको स्कूटर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत र घाइते दुवै स्कूटर चालक नै भएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.