असोज ०३, २०८२, शुक्रबार

कालिका माविको अध्यक्षमा थापा


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । पोखरा-३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।

गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारी र वडासदस्य दुर्गादेवी केसी थापाको उपस्थितिमा भएकाे अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरुको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् ।

समितिकाे सदस्यमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक छन् । सोही बैठकबाट पोखरा महानगरपालिका, शिक्षा नियमावलीको नियम २९ (ङ) बमोजिम स्थानीय बुद्धिजीवी, चन्दादातामध्येबाट लोकनाथ पौडेललाई सदस्यका रूपमा मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र शिक्षक प्रतिनिधिमा मानकाजी विक छन् ।

थापाले विद्यालयमा भएका समस्याको समाधान गरी विद्यालयको चौतर्फी स्तर उन्नतिका लागि आफू लागिपर्ने प्रतिवद्धता जनाए ।

विद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उनले विद्यालयले विद्यार्थी खोज्दै जानुपर्ने अवस्थाबाट विद्यार्थीले विद्यालय खोज्दै आउने अवस्थामा पुर्‍याउने कार्ययोजना रहेको बताए ।

Copyright © 2024 | All rights reserved.