असोज ०३, २०८२, शुक्रबार

चापापानी सिद्धार्थ सहकारीको १६औँ साधारणसभा


Advertisement Image
clock icon 1 week, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ पुरानोधारास्थित चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६आँै साधारणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले अहिले अवस्थामा सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गर्दे वाग्लेले चापापानी सहकारीको वितिय अवस्था हेर्दा सहकारी निकै मजबुत रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बजारमा सहकारीको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नुपर्नेमा जोड दिए ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष नरेशबहादुर कार्कोले चापापानी सिद्धार्थ सहकारी संस्था कास्कीका औँलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए । 

सहकारीका अध्यक्ष दिपक कार्कीले अहिलेको विषम परिस्थितिमा विभिन्न सहकारीहरूले साधारणसभा समेत गर्न नसकिरहेको अवस्थामा चापापानी सिद्वार्थ सहकारीले आफ्ना शेयर सदस्यलाई राम्रो मुनाफा दिइरहेको बताए । 

कार्यक्रममा सयपत्री सहकारी संस्थाका अध्यक्ष टिकाबहादुर कार्की, पोखरापत्र दैनिकका सहसम्पादक शोभकान्त सिग्देल, संस्थाका सल्लाहकार डा नगेन्द्र भण्डारीलगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष कार्कीले अध्यक्षको प्रतिवेदन, सचिव ईन्दिरा कोइरालाले सचिवको प्रतिवेदन, व्यवस्थापक करूणा शाही कार्कीले सहकारीको वित्तीय अवस्था, ऋण लगानी समिति संयोजक गुप्तबहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन लेखा सयोजक चित्रप्रसाद दाहालले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष इन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष श्यामप्रसाद साँखीले स्वागत, शिक्षा उपसमिति संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्धान्त वाचन र सचिव ईन्दिरा कोइरालाले सञ्चालन गरेका थिए । 

कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य,उत्कृष्ट बचतकर्ता त्यसैगरी शेयर सदस्यका छोराछोरीमध्ये एसईई, प्लस टु मा, स्नातक, स्नातकोत्तर उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.