असोज ०३, २०८२, शुक्रबार

सुनको भाउ तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 1 week, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ बढेको छ । आज सुन तोलामा दुई हजार र असली चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख १२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ रहेको थियो ।

आज पोखरामा सुनको भाउ प्रतितोला दुई लाख १२ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यता शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी आज प्रतितोला दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ ।

आज पोखरामा चाँदी प्रतितोला दुई हजार पाँच सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.