असोज ०३, २०८२, शुक्रबार

आन्दोलनकारीको माग सम्बोधनको खोजी भइरहेको छ : राष्ट्रपति पौडेल


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी जेन–जीका माग सम्बोन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको बताएका छन् । 

राष्ट्रपतिको सचिवालयले राष्ट्रपतिको सन्देश सार्वजनिक गर्दै संयमपूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपील गरेकाछन् । 

राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग भइरहेका बेला उनको यो नेपालीलाई सम्बोधन गरिएको पत्र बाहिर आएको हो । 

उनको भिडियो सन्देश खोजिएकोसमेत माग भइरहेको छ । त्यतिमात्र होइन अहिले सबैकुरा सेनाको नियन्त्रणमा भइरहेका बेलामा सेनालाई सेनाका परमाधिपति राष्ट्रपतिलाई सार्वजनिक गर्न मागसमेत गरिएको छ । 

यस्तो छ भनाइ-

आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
     देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई ‌संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु। आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।

Copyright © 2024 | All rights reserved.