असोज ०३, २०८२, शुक्रबार

मन्त्रिपरिषद विस्तारः कुलमानलाई उर्जा, ओमप्रकाशलाई गृह र रामेश्वरलाई अर्थ मन्त्रालय


Advertisement Image
clock icon 4 days, 10 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

उनले आइतबार साँझ गृह मन्त्रालयको नेतृत्वमा कानूनविद् ओमप्रकाश अर्याललाई नियुक्त गरेकी छन् ।

अर्याललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पनि जिम्मा दिइएको छ ।

यस्तै, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जामन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

घिसिङलाई उर्जा मन्त्रालयसहित सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मा दिईएको हो ।

उनीहरुको शपथ सोमबार बिहान हुने भएको छ ।

Copyright © 2024 | All rights reserved.