फागुन १८, २०८२, सोमबार

युनिटी कप टी-२० आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा


Advertisement Image
clock icon 5 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । युएईमा हुने युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल यही सेप्टेम्बर अन्तिम साता हुनेछ ।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् । दुवैले भारतको आसाममा भएको पाँच खेलको टी२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् । नेपालले वेस्ट इन्डिजविरुद्ध सिरिजमा ३ टि-२० खेल खेल्नेछ ।

साथै नेपालको टोलीमा कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम छन् ।

Copyright © 2024 | All rights reserved.