असोज ०३, २०८२, शुक्रबार

भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनासहित चार नेपालीको मृत्यु


Advertisement Image
clock icon 2 days, 21 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । भारतमा पिकअप जीप भीरबाट खस्दा एकै परिवारका तीन जनासहित चार जना नेपालीले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् ।

भारतको हिमाञ्जल प्रदेशको सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना भएको हो ।

मृत्यु हुने सबै सल्यानको कुमाख गाउँपालिका वडा नं ४ का हुन् । जसमा ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

मृतकमध्ये लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्याइएकी थिइन् । उनकाे उपचारका क्रममा मृत्यु भएको बताइन्छ ।

यस्तै, गम्भीर घाइते भएका डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घाइते दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको बताइएकाे छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनापछि जीप चालकविरूद्द भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन् । नेपालमा रहेका मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

सो घटनाप्रति हिमाञ्जल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुर तथा शिक्षामन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Copyright © 2024 | All rights reserved.