0
प्रतिक्रिया
पाेखरा। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
यातायात विभागमा मंगलबार आयोजित कार्यक्रममा व्यवसायीले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन्, ‘हामी सेवा दिन तयार छौँ, सुरक्षाको कुरा क्लियर हुनुपर्छ । सरकारलाई अनुरोध गर्दछु जलेकै ठाउँबाट सेवा दिनुपर्छ । चाडपर्वको समयमा जनताको ध्यान सार्वजनिक यातायात क्षेत्रमा नै हुन्छ । त्यसकारण गाडी आवतजावत गर्ने सहज वातावरण बनाउनुपर्छ ।’
उनले सडक विभागले मुग्लिङका खाल्डाखुल्डी पुर्न जानुपर्ने भन्दै दाउन्नेमा केही हेभी इक्युमेन्ट राख्नुपर्ने सुझाव दिए ।
उनले चाडपर्वको समयमा सार्वजनिक यातायातका टिकट काट्न गाह्रो हुने भन्दै अहिले घर जान मिल्नेहरु गइहाल्न आग्रह गरे ।
‘हामी संयमित र जिम्मेवार छौँ । हामीले विषम् परिस्थिति पार लगाएका छौँ । यस पटक पनि पार लगाउँछौ । यतिबेला गाडीहरु खाली छन् । काम नभएका आन्दोलनबाट प्रभावित भएका जान मिल्नेहरु अहिले गइदिनुहोस् भन्न चाहन्छु,’ उनले भने ।
Copyright © 2024 | All rights reserved.