असोज ०३, २०८२, शुक्रबार

आज असोजको पहिला दिन तपाइँकाे राशिफल कस्ताे हा्ेला ?


Advertisement Image
clock icon 2 days, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।


आजको पञ्चाङ्ग

मिति २०८२ असोज १ गते बुधबार, इस्वीसंवत सेप्टेम्बर १७ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ)पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण(पितृ)पक्षको एकादशी तिथि रातिमा १ः२० बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु बिहानमा ९ः३५ बजेसम्म त्यसपछि तिष्य नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध ५१ घटि ४० पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३० घटि ३६ पला अर्थात १२ घण्टा १६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः५० बजे तुरुदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः०४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १ः११ बजे र अस्ताउने समय भोलि दिनमा ३ः३१ बजे रहेको छ । आज सोह्रश्राद्धको एकादशी तिथिको श्राद्ध गर्ने दिन रहेको छ । आज वास्तु दिवस, राष्ट्रिय विज्ञान दिवस, विश्व विरामी सुरक्षा दिवस, विश्वकर्मा पूजा गर्ने दिन, इन्दिरा एकादशी व्रत गर्ने दिन र कन्या संक्रान्ति परेको छ । 

आजको राशिफल


मेषः आज आँटिलो एवं साहसिलो हुँदाहुँदै पनि केही अवरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुत पनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । काम कार्यमा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ । टाढाको यात्रामा झण्झट हुन सक्ने देखिएको छ । विशेष काम बनाउन सूर्यदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु मनासिव हुनेछ ।

वृषः आज आज प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानबाट पनि सन्तोष लिन सकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्न सक्ने र प्रेमाभिलाषीका लागि प्रेम सम्बन्ध जोडिन सक्ने योग छ । आज माता भुवनेश्वरीको भक्तिभाव राम्रो हुनेछ ।


मिथुनः आज संघर्षको अनुभूति हुन सक्ने ग्रहगोचर परेकोछ । आज काम कार्य सम्पादन गर्दा आलोचना र अपजसको सामना गर्नपर्ने देखिन्छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न सकिनेछ । अनिवार्य बाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखे कै उचित हुनेछ । संघर्षको बाबजुत पनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ हासिल गर्न सकिने छ ।


कर्कटः आज जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद-प्रमोदपूर्ण दिनचर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्न सकिने छ । गोचरले विदेश यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा पनि अनुकूलता देखिएको छ ।

सिंहः आज ज्ञानशक्ति तथा विद्याको अहंता बढ्न सक्नेछ । गोचरले त्यति साथ दिएको देखिँदैन । पहिला फुर्ति र पछि पछुतो पर्न सक्ने छ । मान्छेको विश्वास गर्नाले पश्चाताप पर्न सक्ने सम्भावना छ, होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आश्वासन पूरा हुन गारो परे पनि संयमपूर्वक काम गर्नुहोला । लगनशीलता तथा धैर्यताले केही उपलब्धि मिल्न सक्ने छ ।

कन्याः आज ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवं खुशीयालीप्रद रहनेछ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँ काममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यमा लाभ एवं सफलता प्राप्त हुनेछ । 

तुलाः आज केही अदृश्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्व पाउने छैन । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवं समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्न सक्ने छ । सञ्चित धनको अपव्यय हुन सक्ने छ ख्याल पुर्याउनु होला । आज सकभर पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुनेछ ।

वृश्चिकः आज दिन प्रतिकुलता बढ्न सक्ने खालको गोचर परेको छ । यात्रा, लेनदेन र नयाँ निर्णय नगर्नुहोला । शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष गर्नुपर्नेछ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने छ । दिनमा २ बजेपछि तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आज पूर्व दिशाको यात्रा उपयुक्त छैन ।

धनुः आज आश्वासन पूरा हुन कठिन छ । महत्वाकांक्षा ठूलै भए पनि उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तन मनन् गर्दा राम्रो हुनेछ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कार्य आदिबाट लाभ हात पार्न समस्या हुनेछ । उच्च वर्गसँग सम्पर्क स्थापित हुँदा केही महत्वाकांक्षा पनि बढ्न सक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेम सम्बन्धमा नयाँपन आउनेछ ।

मकरः आज चन्द्रमालगायतका ग्रहका कारण स्वास्थ्य राम्रो रहनेछ । समयको प्रतिकुलतालाई नबुझि अघि बढ्नाले पश्चातापमा पान सक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहार विहारमा होसियारी अपनाउने र फजुल खर्चका विषयमा मन नदिनु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्न सक्नु हुनेछ ।


कुम्भः कुम्भ दैनिकी काम तथा पेशामा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि योजना हुन सक्नेछ । मान्यजनसंगको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवामा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणका लागि भगवान सूर्यदेव र माता इन्द्रायणीको आराधना तथा उपाशना गर्नु हितकर हुनेछ ।


मीनः आज काममा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नुहोला । विदेशको यात्रा हुन सक्ने छ । दान दातव्य एवं मान्यजनको दर्शन भेट आदिका लागि पनि दिन उपयुक्त रहेको छ । माता इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)
बिहान ५ः४९ बजेदेखि ७ः२१ बजेसम्म लाभ बेला
बिहान ७ः२१ बजेदेखि ८ः५३ बजेसम्म अमृत बेला
बिहान ८ः५३ बजेदेखि १०ः२६ बजेसम्म काल बेला
बिहान १०ः२६ बजेदेखि ११ः५८ बजेसम्म शुभ बेला
दिनमा ११ः५८ बजेदेखि १ः३१ बजेसम्म रोग बेला
दिनमा १ः३१ बजेदेखि ३ः०३ बजेसम्म उद्धेग बेला
दिनमा ३ः०३ बजेदेखि ४ः३५ बजेसम्म चर बेला
दिनमा ४ः३५ बजेदेखि ६ः०८ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः०८ बजेदेखि ७ः३६ बजेसम्म अमृत बेला
साँझ ७ः३६ बजेदेखि ९ः०३ बजेसम्म काल बेला
राति ९ः०३ बजेदेखि १०ः३१ बजेसम्म शुभ बेला
राति १०ः३१ बजेदेखि ११ः५८ बजेसम्म रोग बेला
राति ११ः५८ बजेदेखि १ः२६ बजेसम्म उद्धेग बेला
राति १ः२६ बजेदेखि २ः५४ बजेसम्म चर बेला
रातिमा २ः५४ बजेदेखि ४ः२१ बजेसम्म लाभ बेला
रातिमा ४ः२१ बजेदेखि ०५ः४९ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.