असोज ०३, २०८२, शुक्रबार

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


Advertisement Image
clock icon 1 day, 1 hour ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोे र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसको प्रभावले अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहने छ भने गण्डकीसहित कोशी, मधेस, बागमती, र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक, दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

बागमती, मधेश, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Copyright © 2024 | All rights reserved.