0
प्रतिक्रिया
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले ४८ जना एसपीको सरुवा गर्ने क्रममा ओलियाको पनि सरुवा गरिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् ।
उनको केन्द्रीय अनुसन्धान व्यूरो अनुसन्धान महाशाखा लाजिम्पाट काठमाडौँ सरुवा भएको हो । ओलियाले २०८१ असोजको दोस्रो साता कास्कीको कमाण्ड सम्हालेका थिए ।
कास्की प्रहरीको कामाण्ड सम्हाल्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय योजना अन्वेषण तथा विकास शाखामा कार्यरत एसपी नवीन कार्कीलाई पठाइएको छ ।
यसैगरी नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौताराका एसपी गजुसिद्धि बज्राचार्यको नेपाल प्रहरीको प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख यादव ढकालको लुम्विनी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
बज्राचार्यको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत महेश थापा र नवलपुरमा केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत युवराज खड्का आउने भएका छन् ।
Copyright © 2024 | All rights reserved.