0
प्रतिक्रिया
पोखरा । सामाजिक काममा अग्रणी युनाइटेड क्लब पोखराले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर प्रदान गरेको छ । जेन्जी आन्दोलनको क्रममा आगलागीबाट सम्पूर्ण सामाग्री नष्ट भएपछि जिल्ला सरकारी वकिल कार्यालयमा दैनिक कामकाजमा सहज बनोस भन्ने उद्देश्यले युनाइटेड क्लब पोखराले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर प्रदान गरेको हो ।
युनाइटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष एवं विपद ब्यवस्थापन समिति संयोजक सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, क्लबका शुभ चिन्तक दिपक बानियाँ लगायतको टोलीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्ति देवी शर्मा लाई कम्प्युटर हस्तान्तरण गरेको हो ।
सो अवसरमा वोल्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्ति देवी शर्माले विषम परिस्थितीमा युनाइटेड क्लबले कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरिन ।
जेन्जी आन्दोलनको क्रममा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा समेत आगलागी भएको र सो क्रममा कार्यालय पूर्ण रुपमा जलेर नष्ट भइ दैनिक कामकाजमा समस्या परिरहदा सामाजिक काममा छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लब पोखराले देउसीभैलो कार्यक्रमको आयोजना गरि स्थापना गरेको विपद ब्यवस्थापन कोष मार्फत सहयोग गरेकोमा युनाइटेड क्लव प्रति आभार प्रकट गरिन ।
सो अवसरमा वोल्दै युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लवले स्थापनाकालदेखिनै तिहारको समयमा देउसीभैलो कार्यक्रमको आयोजना गरि विपद ब्यवस्थापन कोष स्थापना गरि नेपालको पूर्वको उदयपुरदेखि पश्चिमको कैलाली सम्म विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा यसपटक जेन्जी आन्दोलनको क्रममा क्षती पुगेका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने आफुहरुको योजना गरहेको र सोही अनुरुप जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कम्प्युटर हस्तान्तरण गरिएको बताए ।
त्यस्तै क्लबका द्धितिय उपाध्यक्ष एवं विपद ब्यवस्थापन समिति संयोजक सूर्य बहादुर बानियाँले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक कामहरु गर्दै आइरहेको र त्यसमा पनि क्लबले देउसीभैलो कार्यक्रमको आयोजना गरि विपदकै क्षेत्रमा सहयोग गर्ने गरि विपद ब्यवस्थापन कोष स्थापना गरि भुकम्प, बाढी पहिरो, हावाहुरी आगलागीमा परहेकाहरुलाई सहयोग गर्दै आइरहेको बताए ।
Copyright © 2024 | All rights reserved.