असोज ०५, २०८२, आइतबार

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाए कुलमानले


Advertisement Image
clock icon 1 hour, 44 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । कुलमान घिसिङ उर्जामन्त्री भएर आएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएका छन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनको सरुवा भएको भनिए पनि कहाँ सरुवा गरिएको हो भन्ने विषय खुलाइएको छैन । यद्पि शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने तयारी भएकाे स्राेत बताउँछ ।

यसअघि केपी शर्मा ओली सरकारले घिसिङलाई हटाएर शाक्यलाई निर्देशक बनाइएको थियो । सकारको यो निर्णयको चौतर्फी आलोचनासमेत भएको थियो ।

घिसिङ उर्जामन्त्री बनेसँगै शाक्यले के गर्लान् भन्ने आम चासो रहेको थियो भने मन्त्री घिसिङले उनलाई हटाउनुपर्ने भन्दै आएका थिए ।

शाक्यको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गरिएको बताइएको छ ।

Copyright © 2024 | All rights reserved.