0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा बडादशैँको पहिलो दिन सोमबार सुन-चाँदीको भाउ वृद्धि भएको छ ।
आइतबार प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज असली चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै सोमबार चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदी आइतबार प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2024 | All rights reserved.