0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ न्यूरोडस्थित सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा शिवबहादुर बानियाँ निर्वाचित भएका छन् ।
संस्थाको १९औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनले बानियालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा राममणि पौडेल, सचिवमा जयराम पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा छन् । साथै सञ्चालक सदस्यमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रीता क्षेत्री, ध्रुवकुमार सुञ्चौरी, पुष्पा महर्जन छन् ।
यसैगरी लेखा समिति संयोजकमा कुलप्रसाद सुवेदी, सदस्यमा मायाकुमारी शर्मा र तारादेवी थापा छन् ।
यसअघि साधारणसभा उद्घाटन गर्दै संस्थाका ज्येष्ठ सदस्य अधिवक्ता डा. कृष्णगोपाल पराजुलीले सहकारी संस्थामा सदस्यको सहभागीता महत्वपूर्ण हुने बताए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थामा छ सय ३९ शेयर सदस्यमार्फत यस वर्ष एक अर्व ८९ करोडको बचत संकलन, बचत फिर्ता एक अर्व ७८ करोड, लगानी ४६ करोडसहित ५६ करोड २४ लाखको वासलात रहेको बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष प्रेमबहादुर जिसी, सुशीलराज पराजुली, सल्लाहकार सोभियत बहादुर अधिकारी, कमलनयन गौतम, डा. इन्द्रमान महर्जन, इन्द्रकमल मानन्धर, निर्वाचन समिति संयोजक चिन्तामणि बास्तोला, सदस्य गणेशबहादुर अधिकारी, सञ्चालक सदस्य विकल पौडेल र तारादेवी थापालगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वसन्तबहादुर बानियाँ, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, लेखा संयोजक शिवबहादुर बानियाँ, व्यवस्थापक सुरेन्द्र थापाद्वारा प्रस्तुत प्रतिवेदन, रणनितिक योजना, प्रस्तावित कार्यक्रम साधारणसभाले पारित गरेको छ ।
कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल, उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ, ज्येष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान गरिएको थियो ।
२०६३ मा सामुदायिक सहभागितासहित रेडियो सराङ्गकोटको सञ्चालन गर्ने गरी शुरुआत गरिएको सहकारीले स्थापनादेखि रेडियो सराङ्गकोटको प्रशारण, सामाजिक रचनात्मक क्रियाकलाप, रक्तदान, शैक्षिक सहयोग गर्दै आएको छ ।
Copyright © 2024 | All rights reserved.