0
प्रतिक्रिया
पाेखरा । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारले तयारी भइसकेको जानकारी गराएकी छन् ।
बिहीबार साँझ राष्ट्रको नाममा संवोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो जानकारी दिएकी हुन् । उनले यस जटिल परिस्थितिमा मुलुकलाई निकास दिन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको स्पष्ट पारिन् ।
निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामग्री, सुरक्षा र कानूनी व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगसँग छलफल गरी आमनिर्वाचनको प्रारम्भिक कार्य शुरु गरिसकेको प्रधानमन्त्री कार्कीले बताइन् ।
१८ वर्ष पुगेका जेन-जी युवपुस्तालाई मताधिकार प्रदान गर्न र मतदाता नामावली अद्यावधिक गर्ने गरी अध्यादेशमार्फत विद्यमान निर्वाचन कानून संशोधन गरिसकेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
रोजगारीका शिलशिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने प्रयास जारी रहेकाे उनकाे भनाइ छ ।
आगामी निर्वाचनमा उत्साहका साथ सहभागी हुन र युवा पुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधि निर्वाचित गर्न आगामी निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीले आह्वान गरेकी छन् ।
उनले निर्वाचन सम्पन्न गर्नका लागि अनुत्पादन क्षेत्रमा छुट्याइको बजेट कटौती गरिएको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।
Copyright © 2024 | All rights reserved.