0
प्रतिक्रिया
पोखरा । पोखरामा बिहीबार भ्यानले स्कुटरलाई ठक्क्र दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएकी छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँकी ६३ वर्षीया दुर्गादेवी बास्तोला छन् ।
सोही दुर्घटनामा घाइते भएकी दुर्गादेवीकी बुहारी ४३ वर्षीया गोमादेपी बास्तोलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं २ विन्ध्यवासिनी मन्दिर चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले ठक्कर दिंदा दुर्घटना भएको हो ।
मृतक दुर्गादेवी स्कुटरको पछाडि सवार थिइन् । भ्यानका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.