असोज १०, २०८२, शुक्रबार

सुनको भाउ तोलामा १२ सय र चाँदी ५५ रुपैयाँले बढ्यो


Advertisement Image
clock icon 2 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे भाउ तोलामा एक हजार दुई सय र चाँदी ५५ रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै आज शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज असली चाँदी दुई हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीकाे यो मूल्य इतिहासकै उच्च हो ।

यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला दुई हजार छ सय ८५ मा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.