0
प्रतिक्रिया
र्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ असोज ११ गते शनिबार, इस्वीसंवत सेप्टेम्बर २७ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल(दुर्गा)पक्षको पञ्चमी तिथि बिहानमा ८ः४४ मिनेटसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा रातिमा ११ः०९ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति ४३ घटि २ पलासम्म त्यसपछि आयुष्मान योग लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा अमृत रहनेछ ।
सूर्य कन्या राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २९ घटि ५५ पला अर्थात १२ घण्टा ०१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः५५ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा १०ः४० बजे र अस्ताउने समय साँझमा ८ः५८ बजे रहेको छ । आज विश्व पर्यटन दिवस रहेको छ ।
आजको राशिफल
मेषः आजको दिन अल्लि होसियारी पुर्याउनपर्ने खालको रहेको छ । कामकार्यमा विभिन्न अवरोध आउनसक्ने छन् । अल्मल्याउने र अबरोध गर्ने तथा ईश्या गर्नेहरू पनि आइलाग्न सक्नेछन् । अल्लि बढी परिश्रमबाट मात्रै अल्पलाभ एवं सफलता मिलनसक्ने छ । आफ्नै विचारमा संकोचको भावनाले दुःख दिन सक्ने र नसोचेको झमेला आइपर्न सक्ने पनि सम्भावना छ, ख्याल गर्नुहोला । अनावश्यक आशक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ ।
वृषः आजको दिन शारीरिक स्फुर्ति बढेको हुनाले कार्यमा लगाव पनि बढ्ने र इष्टकार्य पूर्ण हुने तथा पौरख गर्न सकिने छ । विशेष उपलब्धिको ग्रहयोग परेकोले रोकिएर रहेका काम पूरा गर्ने अवसर मिल्नेछ । सहयोगी हातहरू पनि जुट्ने छन् भने तपाईले आफ्नो क्रियाशिलताको प्रशंसा पनि पाउनु हुनेछ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउने छ । भातृक्लेश भएकाहरूले सोलाई निवारण गर्न कुनै उपाय गरेमा आज सफल हुनेछ । पेशा तथा व्यवसायिक कामबाट राम्रो परिमाणमा आर्थिक आयआर्जन गर्न सकिनेछ ।
मिथुनः आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवं समाजिक सेवामा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता-कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । आज पूर्वतर्फको यात्रामा विशेष ध्यान दिनुहोला ।
कर्कटः आजको दिन गोचरग्रहको केही बाधक अवस्था हुँदाहुँदै पनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवं खुसियालीले युक्त रहनेछ । मनपर्ने स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपहार पनि मिल्नसक्ने सम्भावना छ । पारिवारिक सौहार्द वातावरणको निर्माण हुनेछ । नयाँ काम वा शेयर आदिको लगानीको प्रस्ताव आउन सक्ने छ । नोकरी आदि पेशागत कामकार्यमा लाभ एव सफलता प्राप्त हुनेछ ।
सिंहः आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्न सक्ने तथा खति क्षति हुन सक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला ।
कन्याः आजको दिन उद्यम तथा व्यवसायिक कार्यमा प्रगति हुनाले अर्थ सङ्कलन हुनेछ । प्रतिस्पर्धामा विजय मिल्ने एवं प्रख्याति बढ्नेछ । अध्यनअध्यापन एवं सन्तानका क्षेत्रमा आएको समस्या कम हुनेछ । सहयोगी बढ्नेछन् । सामूहिक कार्यमा पनि सफलता मिल्नेछ । गुमेको प्रतिष्ठा ल्याउन सकिने छ । नयाँ लगानीको अवसर मिल्नसक्ने तथा प्रस्ताव आउने सम्भावना छ । विवाह योग्य युवायुवतीको हकमा विवाह प्रस्ताव आउन सक्नेछ ।
तुलाः आजको दिन गोचर ग्रह अनुकूल देखिएको छ । मान प्रतिष्ठा बढ्ने, पदीय हैसियत फराकिलो हुने, थप जिम्मेवारी मिल्नसक्ने आदि सकारात्मक फल मिल्न सक्ने छ । उच्चस्थ व्यक्ति तथा अधिकारीसँग भेट्घाट हुने र सरकारी निकाय आदिबाट सम्पन्न हुने कामकार्य सम्पादन गर्न सकिने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्नेछ । शुभेच्छुकहरु बढ्ने छन्, ईष्टकार्यका लागि उत्तम अवसर मिल्नेछ । उत्तरतर्फको यात्रामा भने ध्यान दिनुहोला ।
वृश्चिकः आजको दिन माथिल्लो निकायबाट अनपेक्षित रुपमा दबाब, ईर्श्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय रहे पनि आज गुरु एवं इष्टदेवको कृपा रहने हुनाले अन्तिम परिणाम सकारात्मक निस्कने छ । शुरुशुरुमा मिथ्या आरोप, भयत्रासको वातावरण सृजना भए पनि सत् प्रयत्न गर्नाले परिणाम सुखद् ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनसकिने छ भने आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म पनि बढ्नेछ । केही धनलाभ एवं इष्टार्जन गर्न सकिनेछ ।
धनुः आजको दिन अनपेक्षित रुपमा दिन संघर्षकर अनुभूति हुन सक्ने छ । विघ्नबाधाको सामना गर्नुपर्ने स्थिति सृजना हुने, कडा मेहनतले मात्रै अल्पलाभ मिल्न सक्ने छ । विमारी पर्नसकिने सम्भावनालाई पनि नकार्न सकिन्न । प्रतिकूल परिवेशसँग मुकाविला गर्न हिम्मत तथा मानसिक योजना बनाइराख्नु उपयुक्त हुनेछ । साथै संयमशक्तिको बृद्धि गर्नु मनासिव हुनेछ । विघ्नबाधा तथा वेचैनीको सामना गर्नु परे पनि धैयता नटुटाउने र स्वकर्ममा एकाग्र रहने गर्नाले सम्भावित क्षतिखति एवं प्रतिकूलतामा कमि ल्याउन सकिने छ भने आंशिक लाभ एवं सफलता प्राप्त गर्न सकिने छ ।
मकरः आजको दिन जीवनसाथी तथा प्रेमीको सहयोगी भूमिकामा ह्रास आउनसक्ने छ भने नवदम्पति वा प्रेमीबीच केही असमझ्दारी उत्पन्न हुन सक्ने पनि सम्भावना छ । यात्रामा हिँडेको यात्री बीचबाटै फर्क पर्न सक्छ, व्यवसायिक लाभ भए पनि बचत हुन नपाउने भय देखिएको छ । संयोग-विछोड दुबैको सम्भावनालाई गोचरले लक्षित गरेको छ । सामान्यतया मुख्य ठानिएका काममा उपयुक्तजन्य प्रतिकूलता व्यहोर्न परे पनि सामान्य दैनिकी कार्यमा भने डराइहाल्न पर्दैन । आँट साहस बढ्ने, नहुनुभन्दा कानो मामा जाति भनेजस्तै थोरैले भए पनि चित्त बुझाउन पाइने छ ।
कुम्भः आजको दिन आँट साहस बढाउने गोचर परेको छ । स्वास्थ्यमा आरोग्यता र अनुहारमा कान्ति बढ्ने छ । शुभेच्छुक बढ्नेछन् भने विरोधी तत्त्व पाखा सर्ने तथा समझ्दारीमा आउन चेष्टा गर्ने छन् । विशेष कामकार्य तथा उद्यम विकासको बारेमा कार्य योजना बन्न सक्ने छ भने विशेष स्थानको यात्रा योजना पनि तय हुन सक्ने छ । प्रेम अभिलाषीका लागि पनि दिन विशेष अनुकूल रहनेछ । दाम्पत्य एवं प्रेम सुख तथा गौरवको अनुभूति हुनेछ । शारीरिक क्षमतामा बढोत्तरी हुन जानाले थातिरहेका काम कार्यलाई पूर्ण गर्ने मौका मिल्नेछ ।
मीनः आजको दिन आत्मप्रशंसाको आशक्तिले मनलाई दुःख दिनेछ । आज पराइबाट हुने मूल्याङ्कनमा नम्बर घट्न सक्ने छ । शुरूमा ज्ञान विज्ञानको फुर्ति गरे पनि पछि आँफैलाई अपूर्णताको महसूस हुन जानेछ । भौतिक पदार्थको अभाव खट्किन पनि सक्नेछ । कसैकसैलाई अरु खाइस बुद्धि आफू खाइस रिस भनेजस्तो पर्नसक्ने छ । कामकार्य तथा जनव्यवहारमा व्यवहारिकतालाई जोड् दिनु बुद्धिमानी र हितकर हुनेछ ।
साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः५२ बजेदेखि ७ः२३ बजेसम्म काल बेला
बिहान ७ः२३ बजेदेखि ८ः५४ बजेसम्म शुभ बेला
बिहान ८ः५४ बजेदेखि १०ः२५ बजेसम्म रोग बेला
बिहान १०ः२५ बजेदेखि ११ः५५ बजेसम्म उद्धेग बेला
दिनमा ११ः५५ बजेदेखि १ः२६ बजेसम्म चर बेला
दिनमा १ः२६ बजेदेखि २ः५७ बजेसम्म लाभ बेला
दिनमा २ः५७ बजेदेखि ४ः२८ बजेसम्म अमृत बेला
दिनमा ४ः२८ बजेदेखि ५ः५९ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः५९ बजेदेखि ७ः२८ बजेसम्म शुभ बेला
साँझ ७ः२८ बजेदेखि ८ः५७ बजेसम्म रोग बेला
राति ८ः५७ बजेदेखि १०ः२६ बजेसम्म उद्धेग बेला
राति १०ः२६ बजेदेखि ११ः५५ बजेसम्म चर बेला
राति ११ः५५ बजेदेखि १ः२५ बजेसम्म लाभ बेला
राति १ः२५ बजेदेखि २ः५४ बजेसम्म अमृत बेला
रातिमा २ः५४ बजेदेखि ४ः२३ बजेसम्म काल बेला
रातिमा ४ः२३ बजेदेखि ०५ः५३ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.