असोज ११, २०८२, शनिबार

धर्मस्थली सुरक्षा सचेतना समितिको सुरक्षा सचेतना तथा शुभकामना आदानप्रदान


Advertisement Image
clock icon 1 hour, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ धर्मस्थली टोल’ ख’ स्थित धर्मस्थली सुरक्षा सचेतना समितिको आयोजनामा सुरक्षा सचेतना तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा टोलकै ज्येष्ठ सदस्य ठमाकुमारी चापागाईं रहेकी थिइन् ।

कार्यक्रममा सहभागीले समाज र नागरिकको जीउ धनको सुरक्षा नै अहिलेको महत्वपूर्ण विषय भएको बताएका थिए । साथै उनीहरुले यस्ता खालका कार्यक्रमले आपसी एकता, सौहार्दता, सदभावले टोलवासीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारी र प्रहरी नायव उपरीक्षक (डीएसपी) ध्रुव अधिकारीलाई सम्मानसमेत गरिएको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि समाजमा देखिएको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही दिन अघि समूह गठन गरिएको हो ।

समूह गठनलगत्तै रातको समयमा गस्ती, सरसफाई, सडक वत्तीको व्यवस्था तथा अन्य रचनात्मक काम गर्दै आइरहेको अध्यक्ष गोविन्द केसीले जानकारी दिए ।

कार्यक्रममा धर्मस्थली टोल विकास संस्थाका अध्यक्ष प्रकाश कोइराला, धारापानी टोल विकास संस्था (ख) का अध्यक्ष हरिश्चन्द्र अधिकारी, सम्मानित व्यक्तित्वद्वय तिवारी र अधिकारीले बोलेका थिए । साथै कार्यक्रममा सहभागी करिब १०० जनाले एकापसमा शुभकामना आदानप्रदान गरेका थिए ।

अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी, समाजसेवी कृष्णप्रसाद तिमिल्सिनाले स्वागत र सचिव ईन्दिरा तिवारी भट्टराईले सञ्चालन गरेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.