असोज ११, २०८२, शनिबार

पर्वतीय दौड प्रतियोगिताकाे उपाधि सुदूरपश्चिमका रावतलाई


Advertisement Image
clock icon 1 hour, 38 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जितेका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा पोखरामा आयोजना गरिएको प्रतियोगिता पोखरा-२२ स्थित विश्वशान्ति स्तूपाबाट शुरू भएर पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर समापन भएको थियो ।

जसमा राउतले निर्धारित आठ किलोमिटर दूरी ३५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार रुपैयाँ नगद पुरस्कार मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

यसैगरी सुदूरपश्चिमका करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेन्डमा र दलबहादुरले ३७ मिनेट १६ सेकेन्डमा पार गर्दै द्वितीय र तृतीय भएका निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए ।

उनीहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी गौतम श्रेष्ठ चौथो हुँदै सात हजार र सफल लामा पाँचौँ हुँदै तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यता, विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गरी उपाधिसहित १५ हजार रुपैयाँ, भेट्रान्सतर्फ गण्डकीका किशोर थापा प्रथम हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी पोखरा-२२ वडातर्फको प्रतिस्पर्धामा कुशल परियार प्रथम र सुजल परियार दोस्रो भए । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवार प्रथम हुँदा बागमतीकी नीतु तामाङ द्वितीय भइन् । वडा र महिलातर्फ प्रथम र दोस्रो हुनेले जनही १५ हजार र सात हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत यू-१६ को विधामा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार द्वितीय हुँदै जनही १५ हजारर  सात हजार रुपैयाँ नगद पुरस्कार पाए ।

खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित आठ देशका धावकको सहभागिता थियो ।

विभिन्न छ विधामा कुल एक सय १७ जना धावक सहभागी भएका प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.