असोज १२, २०८२, आइतबार

सुन-चाँदीको मूल्य इतिहासकै उच्च


Advertisement Image
clock icon 1 hour, 47 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

आज सुन तोलामा सात सय र चाँदी ७० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । आजको सुनको यो भाउ हालसम्मकै उच्च हो ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार तीन सय र बुधबार दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार प्रतितोला दुई हजार सात सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदी आज आइतबार दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि इतिहासकै उच्च हो ।

Copyright © 2024 | All rights reserved.