माघ ०३, २०८२, शुक्रबार

कस्तो होला आजकाे देशभरको मौसम ?


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव कायमै रहँदा आज पनि सबै प्रदेशमा साधारणतया वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।

गण्डकी, कोशी, बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा तराईका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ। तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Copyright © 2024 | All rights reserved.